काठमाडौँ,२० चैत – लकडाउनपछि ह्याचरी व्यवसायीले ४२ लाख चल्ला गाडेका छन् । किसानले चल्ला खरिद नगरेको कारण चल्ला गाड्न परेको नेपाल ह्याचरी सघंका अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिनु भयो ।“हाल ह्याचरीलाई दैनिक ३ करोड ४५ लाख र समग्र कुखुरा उद्योगलाई २१ करोड ४५ लाख घाटा छ’उहाँले भन्नु भयो ।
दाना उद्योगले दाना ढुवानी नगरेको कारणले नयाँ चल्ला हाल्न नसकिएको नेपाल कुखुरा पालक किसान सघंका अध्यक्ष झनक प्रसाद पौडेलले बताउनु भयो ।
“पहिलो कुरो त दाना उत्पादक हरुले ढुवानीमा समस्या देखाएर दाना दिएका छैनन् । कुखुरा पनि बिकेको छैन । त्यसैले किसानले कुखुरा पाल्न सकेका छैनन ” पौडेलले भन्नु भयो ।
दाना उद्योगले अप्ठेरो समयको मौका छोपेर नगदमा मात्र कारोबार गर्ने गरेको उहाँले आरोप छ । “पैसा दिन्छौ भने मात्र दाना दिन्छौ भन्छन् । यस्तो समयमा किसानले कसरी पैसा दिने,” उहाँले भन्नु भयो ।
पैसा दिएपनि दाना उद्योगीसगँ दानाको स्टक सकिएको दाना उद्योग सघंका अध्यक्ष रविन पुरीले बताउनु भयो । “दानाको लागि ३० प्रतिशत मात्र मकै नेपालको उत्पादनले धान्छ । भट्मासको पिना नेपालमा उत्पादन नै हुँदैन । दाना कसरी बनाउने ?, ”
दाना ढुवानीको गाडीलाई रोकतोक छैन भनिएपनि प्रहरीदे दुख दिने गरेको उहाँले गुनासो छ । “हाम्रा चालकलाई कती ठाउँमा रोकेर दुख दिइएको छ । श्रमिकलाई घरबेटीले घरबाट निस्कन दिएका छैनन्। कसरी उत्पादन गर्ने,” पुरीले भन्नु भयो ।
दाना भए आफ्ना पुराना किसानलाई उधारो दिन कुनै समस्या नभएको उनले स्पस्ट पारे । अवस्था यस्तै रहे ४५ दिन पछि कुखुराको मासुको मूल्य ५ सय पुग्ने पुरीले बताउनु भयो । सेतोपाटी बाट साभार ।