शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बि’रामी हुनुहुन्‍न ? मास्क नलाउनुस्

बुधवार , चैत्र १९, २०७६

जेनेभा १९ चैत- तपाईं के को’रोना भा’इसबाट बि’रामी हुनुहुन्छ ? वा त्यस्ता बि’रामीको उ’चारमा खटिनुभएको छ ? दुवै छैन भने मास्क नलगाउनुहोस्।

‘आममानिसले मास्क लगाउँदैमा फाइदा पुग्ने कुनै प्रमाण छैन। बरु सबैले मास्क लगाइदिँदा र लगाउने तरिका नजान्दा दुरुपयोग भएका घ’टना प्रशस्त छन्’, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को स्वास्थ्य आकस्मिकता कार्यक्रममा कार्यकारी निर्देशक डा. माइक रायनले स्विट्जरल्यान्डमा मिडिया ब्रिफिङमा भने।आजको अन्नपुर्ण पोष्टमा खवर छ ।

उनका अनुसार मास्क र अन्य औषधिजन्य वस्तुको अभाव विश्वव्यापी रूपमै अत्यधिक रूपमा खड्किएको छ। ‘को’रोना उपचारमा खटिएका स्वास्थ्यकर्मी प्रत्येक सेकन्ड भा’इरस सं’क्रमणको अति जो’खिममा छन्’, उनले भने, ‘सौचौं त, तिनलाई मास्क भएन भने हालत के होला ? ’

डब्लूएचओकी संक्रामक रोग विशेषज्ञ डा. मारिया भान केरखोभले जसलाई मास्क अत्यावश्यक छ तिनलाई प्राथमिकता दिनुपर्ने बताइन्। ‘ती भनेका स्वास्थ्यकर्मी हुन्’, उनले भनिन्, ‘समुदायका कसैलाई पनि हामी बि’रामी नभएको अवस्थामा मास्क लगाउन सल्लाह दिँदैनौं।’

बिरामी भएर घरमा आराम गरिरहेका र तिनको स्याहारमा खटिएका व्यक्तिलाई पनि मास्क अनिवार्य लगाउन डब्लूएचओले सिफारिस गरेको छ। डब्लूएचओले अघिल्लो साता विश्वभर पीपीईलगायत स्वास्थ्य सामग्रीको अभाव खड्किँदै गएको ध्यानाकर्षण गराएको थियो।

‘हामी सबै जानकार हुनै पर्छ’, मारियाको भनाइ थियो, ‘स्वास्थ्यकर्मीका लागि मास्क, पञ्जा, गाउनलगायत सुरक्षा सामग्री अभाव थामिनसक्नु छ। यस्ता सामग्री प्रयोगको प्रमुख हक उपचारमा खटिनेहरूलाई हुन्छ।’

प्रतिक्रिया