शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

‘स्यानिटाइजर’ का रुपमा भोड्कालाई प्रयोग नगरौं

आइतवार , फाल्गुण २५, २०७६

काठमाडौँ,२५ फागुन– महामारीको रुपमा विश्वभर आ’तंक फैलाइरहेको नो’भल को’रोना भा’इरस(को’भीड(१९)को सं’क्रमणका कारण पछिल्लो समय विश्वव्यापी रुपमा मास्क, हातमा लगाउने ‘स्यानिटाइजर’ लगायत सरसफाइका सामग्रीहरुको अभाव शुरु भएको छ ।

यसबीच को’रोनाबाट बच्ने नाममा विभिन्न मानव उ’पद्रोहरू देखिएका छन् । मानिसहरुले घरैमा स्यानिटाइजर बनाउन थालेका छन् । स्यानिटाइजरमा ‘अ’ल्कोहल’ हुन्छ भन्दैमा भो’ड्का वा कुनै पनि म’दिराको सीधा प्रयोग बढेको छ ।

यस्तै, बजारमा माक्स अ’भाव गराइएपश्चात अनेकौं घरेलु तरिकाका कपडाको एवं साग, प्याज, बन्दा, पराल, दुना-टपरी लगायतका मनोरन्जनप्रदायक नियतवश मास्कहरू प्रयोग गरिएको छ, जसले समाजलाई थप त्र’सित बनाइरहेको स्वास्थ्य अधिकारिहरूले बताएका छन् ।

यसअघि टि’टो नामक भो’ड्का कम्पनीका ग्राहकले आफूले घरैमा ‘ह्यान्ड स्यानिटाइजर’ बनाउन उक्त भो’ड्काको प्रयोग गरेको भनि सबैतिर प्रचार गरेका थिए । तर स्वास्थ्यविद्हरुका अनुसार स्यानिटाइजरमा ६० प्रतिशत ‘अ’ल्कोहल’ हुनुपर्दछ जसकारण सामान्य म’दिराले सो आवश्यकता पूरा गर्न नसक्ने बताइएको छ ।

अमेरिकाको रो’ग नि’यन्त्रण तथा रोकथाम केन्द्रले सबै समक्ष अझैपनि साबुन पानीले हात धुनु नै भा’इरस विरुद्धको सबैभन्दा उपयुक्त तरिका भएको उल्लेख सुझाइरहेको छ । यसमा साबुन र पानी उपलब्ध नभएको अवस्थामा मात्र स्यानिटाइजर प्रयोगमा ल्याउन भनिएको हो ।

त्यस्तै विज्ञहरुले चाहिँ सामान्य विकल्पका रुपमा घरैमा बनाइएको स्यानिटाइजर प्रभावकारी नहुने सुझाव दिएका छन् । नेपाल सहित विश्वका अधिकांश मुलुकमा केही समय यता स्यानिटाइजरको व्यापक अभाव देखा परेको छ । यसरी साबुन पानीले हात धुँदा समेत २० सेकेन्ड सम्म मिच्न र सबैलाई अनुहारमा छुने नगर्न अनि हाक्ष्यु गर्दा वा खोक्दा मुख छोप्ने गर्न भनिएको छ ।

यसैगरी स’क्रमित सतहलाई सफा राख्न ‘डिस–इन्फेक्टेन्ट’ अर्थात व्या’क्टेरिया नष्ट गर्ने के’मिकलको प्रयोग गर्न भनिएको छ । त्यस्ता के’मिकलले हाम्रो छालामा भने काम गर्दैनन् ।

प्रतिक्रिया