काठमाडौँ ,१९ फागुन– राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रममा सतारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्र’हार भयो ।
प्रचण्डमाथि यसरी प्र’हार भएको यो पहिलो घ’टना भने होइन । नेपाल संवत ११३३ को अवसरमा तत्कालीन एनेकपा (माओवादी) ले आयोजना गरेको चियापान कार्यक्रममा पदम कुँवर नाम गरेका एक युवाले प्रचण्डमाथि हा’तपात नै गरेका थिए ।
प्रचण्डले आफूलाई झा’पड हान्ने युवकलाई मा’फ गरेको बताएका थिए । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने २८ हजार धरौटीमा रि’हा गरेको थियो ।नयाँपत्रिकामा खवर छ ।
सार्वजनिक कार्यक्रममा प्रचण्डमाथि झा’पड हानिँदा प्रचण्ड नेतृत्वकै पार्टी सत्तामा थियो । बाबुराम भट्टराई प्रधानमन्त्री थिए । यसपटक प्रचण्डमाथि जुत्ता प्र’हार हुँदा पनि प्रचण्डको पार्टी सत्तामा छ ।
७ माघ २०६७ मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालमाथि पनि हा’तपात भएको थियो । सुनसरीमा एमालेकै कार्यकर्ता देवीप्रसाद रेग्मीले खनाललाई झा’पड हानेका थिए ।
रेग्मी २०४६ देखि एमाले कार्यकर्ता थिए । अचम्मको संयोग नै भन्नुपर्छ, झा’पड खाएको १५ दिनछि खनाल प्रधानमन्त्रीसमेत बनेका थिए । १३ असोज २०६९ असोज कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालामाथि आफ्नै कार्यकर्ताले कुर्सी प्र’हार गरे । कुर्सीले लागेर कोइरालाको शरीरको बायाँ भागमा सामान्य चो’ट पनि लागेको थियो । काठमाडौंको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा कांग्रेसको विद्यार्थी संगठन नेविसंघका प्रवेश बस्नेतले कोइरालामाथि कुर्सी प्र’हार गरेका थिए ।
पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका माओवादी सभासद् झक्कु सुवेदीमाथि पनि झा’पड हानिएको थियो । १९ वैशाख २०६८ मा सुवेदीलाई तीनकुनेको एक चिया पसलमा झा’पड हा’निएको थियो ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि पनि २०५१ सालमा संसदमै जु’त्ता प्रहार भएको थियो । तत्कालीन एमालेको तर्फबाट राष्ट्रिय सभामा सदस्य रहेका गोल्छे सार्कीले पौडेलमाथि जुत्ता प्र’हार गरेका थिए ।
१५ जेठ २०६५ मा नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कामाथि पनि चप्पल प्र’हार भएको थियो । खड्कामाथि तत्कालीन एमालेकी सभासद् कमला शर्माले चप्पल प्र’हार गरेकी थिइन् ।
३ साउन २०६९ मा भृकुटीमण्डप प्लेनममा तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईसहित नेताहरूमाथि असन्तुष्ट लडाकुले कुर्सी प्र’हार गरेका थिए । नेपालमा मात्र होइन, विदेशमा पनि नेताहरुमाथि हा’तपातका घ’टना हुन्छन् । १४ डिसेम्बर २००८ मा अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुश इराक भ्रमणमा थिए ।
भ्रमणका क्रममा इराकमा आयोजित एक पत्रकार सम्मेलनमा एक पत्रकारले बुशमाथि जुत्ता प्र’हार गरेका थिए ।सन् २०१२ मा इजिप्ट भ्रमणमा रहेकी तत्कालिन क्रममा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनमाथि समेत टमाटर र जुत्ता प्र’हार भयो । हिलारी चढेको गाडीमा प्रर्दशनकारीहरुले टमाटर र जुत्ता प्र’हार गरेका थिए ।
सन् २०१३ मा पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुर्शरफमाथि बेलायतमा जुत्ता प्र’हार भएको थियो । भारतीय कांग्रेसका नेता राहुल गान्धीमाथि २०१६ मा जु’त्ता प्रहार गरिएको थियो ।
त्यस्तै दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल माथिसमेत जुत्ता प्र’हार भएको छ । केजरीवालमाथि एक पटक जुत्ता प्र’हार भयो भने अर्को पटक उनको शरीरमा कालो मसी नै छ्यापिएको थियो ।
ईरानी राष्ट्रपति हसन रुहानीमाथि अण्डा र जुत्ता प्र’हार भयो । संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएर स्वदेश फर्किने क्रममा उनीमाथि स्थानीय विमानस्थलमा विरोध गर्दै प्रदर्शनकारीहरुले अण्डा र जुत्ता प्र’हार गरेका थिए ।