शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

वुहानबाट १७५ नेपालीको उ द्धार

आइतवार , फाल्गुण ४, २०७६

काठमाडौं ०४ फागुन - तीन साताको द बाबपछि सरकारले चीनको हुपेई प्रान्तबाट नेपालीको उ द्धार गरेको छ। को रोना भा इरस (को भिड–१९) को उद्‍गमस्थल हुपईको वुहानसहित ६ सहरमा रहेका १७५ नेपाली शनिबार राति सबा १० बजे नेपाल वायुसेवा निगमको चार्टर्ड विमानबाट काठमाडौं उडेको हो । उक्त विमान आइतबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएको छ।अन्नपुर्ण पोष्टमा खवर छ ।

यसअघि १८५ नेपालीले स्वदेश फर्कन बेइजिङस्थित नेपाली दूतावासमा आवेदन दिएका थिए। तीमध्ये श रीरमा ता पक्रम उच्च देखिएपछि ६ जनालाई उतै राखिएको छ। उनीहरूको र गत प रीक्षणको रिपोर्ट आएपछि उ पचार प्रक्रिया अघि बढाइनेछ। आवेदन दिएका चारजना भने नेपाल न फर्कने भनेर उतै बसेका छन्।

वुहानको विमानस्थलबाट १७५ जना नेपाली निगमको जहाजमा काठमाडौंतर्फ उडेको बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले अन्नपूर्णलाई टेलिफोनमा बताए। को रोना भा इरसबाट सबैभन्दा प्रभावित हुपई प्रान्तको उहानसहित चिङचौ, चिङमन, अनसी, सयान र यिछाङ सहरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत, भ्रमणका लागि पुगेका दुई र एक कामदारसहित १ सय ८५ जनाले फर्कन आवेदन दिएका थिए।

नेपालीको उ द्धारका लागि काठमाडौंबाट उडेको नेपाल एयरलाइन्सको चार्टर्ड विमान साँझ आठ बजे वुहान विमानस्थलमा अवतरण गरेको विद्यार्थी प्रमिला देवकोटाले जानकारी दिइन्। बच्चा र पतिसहित फर्कन लागेकी देवकोटाले टेलिफोनमा भनिन्, ‘ढिलै भए पनि सरकारले हाम्रो पीडा सुनेर राज्य भएको अनुभूति गराएको छ।’

 

विद्यार्थी लिन नेपाली सेनाको चिकित्सक टोली गएको छ। चीनबाट फर्किएका नेपालीलाई राख्न भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वा रेन्टाइन स्थल तयार पारिएको छ। त्यहाँ उनीहरूलाई दुई साता राखिनेछ। त्रिभुवन विमानस्थलमा स्वा स्थ्य परीक्षण गरेर उनीहरूलाई सीधै खरिपाटी लगिनेछ।

यसअघि कतिपय नेपाली १२ घण्टा बस यात्रापछि वुहान सहरमा भेला भएका थिए। विद्यार्थीलाई ६ वटा बसमा विमानस्थल पुर्‍याइएको थियो। ढिलो भए पनि सरकारले आफ्नो कुरा सुनिदिएको भन्दै नेपालीहरू खुसीसाथ फर्केका छन्। फर्किएकामध्ये गुरुकुमार यादवले वुहानबाट टेलिफोनमा भने, ‘हामीलाई सरकारले ढिलै भए पनि सुनिदिएको छ। यसमा सञ्चारमाध्यमको भूमिका सकारात्मक रह्यो। सबैलाई धन्यवाद !’

वुहानमा दूतावासका अधिकारी कोही नपुगे पनि दूतावासबाट राम्रो सहयोग पाएको विद्यार्थीले बताए। ‘दूतावासका अधिकारीहरूले बेइजिङबाटै सबै व्यवस्थापन मिलाउनुभयो। जसरी पनि हामी फर्कन पाएका छौं’, एक विद्यार्थीले भने। १५ वर्षदेखि चीनमा रहेका न्युरो सर्जन डा. गौरव पोखरेलले नेपालीहरू डि प्रेसनमा जान सक्ने भन्दै सरकारलाई पटकपटक पत्र पठाएका थिए।

वुहान विमानस्थलमा पहिलो चरणको प रीक्षणपछि नेपालको ध्वजावाहक विमान देख्दा विद्यार्थी हर्षित भएका थिए। उनीहरूले आफ्नो साथमा अत्यावश्यकबाहेक थप सामान ल्याएका छैनन्। बेइजिङस्थित नेपाली दूतावासले चिनियाँ विदेश मन्त्रालय र वुहानस्थित अधिकारीहरूलाई नेपालीको रेखदेख र फर्कनका लागि गरेको सहजीकरणका लागि विशेष धन्यवाद दिएको छ।

लिने जाने पनि क्वारेन्टाइनमै

चीनमा रहेका नेपालीलाई लिन त्यहाँ पुगेका विमानका ककपिट ‘क्रु’ लाई पनि एक साता आ इसोलेसनमा राखिनेछ। क्याबिन ’क्रु’ लाई भने दुई साता नै क्वा रेन्टाइनमा राखिनेछ। वुहान पुगेको विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, अन्य प्राविधिक तीन जना छन्। त्यसमा नेपाली सेनाका चार जना चिकित्सक पनि छन्। उनीहरू सबै क्वा रेन्टाइनमा बस्नुपर्नेछ।

को रोना प्र भावित अझै बढ्दो

को रोना भा इरसका कारण चीनमा शुक्रबार मात्रै १४१ जनाको मृ त्यु भएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार भा इरसको उद्गमस्थल हुपईमा शुक्रबार ११६ जनाले ज्या न गु माएका थिए। शनिबार त्यो संख्या बढेको छ। शनिबार बिहानसम्म को रोना भा इरसका कारण मृ त्यु हुनेको संख्या एक हजार ५ सय ३७ पुगेको छ। जापान, फिलिपिन्स र हङकङमा एक–एक जनाको मृ त्यु भइसकेको छ। यस्तै शनिबार युरोपमा भा इरस सं क्रमणमा पहिलोपल्ट एक जनाको मृ त्यु भएको छ। जनवरीमा हुपेईबाट फर्किएका ८० वर्षीय व्यक्तिको फ्रान्समा मृत्यु भएको हो।

चीनमा मृ त्यु हुनेमध्ये एक हजार एक सय २७ हुपईका छन्। शुक्रबार चीनमा थप २ हजार सात सयमा सं क्रमण देखिएको छ। शनिबार बिहानसम्म को रोना भा इरसबाट संक्रमित हुनेको संख्या विश्वभर ६७ हजार नाघेको छ। तीमध्ये साढे ६६ हजार चीनकै छन्। को रोना भा इरस सं क्रमण रोक्न सक्दो प्रयास गरिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। राजधानी बेइजिङमा को रोना भा इरस फैलन नदिन चीनले थप स तर्कता अपनाएको छ। अन्य भागबाट बेइजिङ फर्किएकालाई १४ दिन क्वा रेन्टाइनमा राख्ने गरिएको छ।

यसैबीच हङकङस्थित नेपाली महावाणिज्य दूतावासले त्यहाँ रहेका नेपालीलाई सचेत हुन र आवश्यक परेर सेवा लिन आग्रह गरिरहेको छ।

प्रतिक्रिया