काठमाडौं ३ फागुन – चीनमा रहेका नेपालीहरुलाई उ द्दार गर्नको लागि नेपाल वायु सेवा निगमको विमान पौने ३ बजे चीनको वुहानका लागि उडेका छ । नेपालबाट विमान वुहान पुग्नुअघि नै त्यहाँ भएका नेपालीहरुलाई विभिन्न शहरबाट वुहान ल्याइने छ । केही विद्यार्थीहरुले आफूहरु बस चढ्न लागेको भन्दै उत्साहित भएर तस्बिरहरु सामाजिक सञ्जाला राखेका छन् ।

३ जना क्याप्टेनसहित ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना लोडमास्टर र ४ जना स्वास्थ्यकर्मीहरुको टीमसहित विमान चीनको लागि उडेको छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको तालिम र मापदण्ड पूरा गरेर विमान चीन पठाउन लागिएको नेपाल वायु सेवा निगमका प्रवक्ता अर्चना खड्काले बताउनु भयो ।

विमान आइतबार बिहान सवा २ बजे नेपाल फर्कने भएकोले अन्य उडानहरु प्रभावित नहुने उनको भनाइ छ । उडानको खर्च व्यवस्थापन सबै नेपालका सरकारले बेहोर्ने कुरा भएको खड्काले बताउनु भयो ।

वुहानमा पुगेपछि सबै नेपालीहरू विमानमा प्रवेश गरेपछि मात्र अन्तिममा चिकित्सा टोलीका चार जना विमानमा प्रवेश गर्नेछन् । नेपालमा विमान अवतरण भएपछि पनि सुरुमा उक्त टोलीका सदस्यहरू नै सबैभन्दा पहिले ओर्लिनेछन् ।

विमानस्थलबाट खरिपाटी पु¥याउने बसका चालक र सहयोगीले क्वा रन्टाइनमा बस्नुपर्दैन ।

अधिकारीहरूका अनुसार सबै मानिस ओर्लिएपछि त्यहाँ विशेष किसिमले बसको सफाइ हुनेछ । त्यसपछि मात्र उनीहरूले बाहिर निस्किन पाउनेछन् । हालसम्मको तयारी अनुसार उनीहरूलाई क्वा रन्टाइनमा राखिनेछैन । तर चीन जाने नेपाली सेनाका चिकित्सक र चालकदलका सदस्यहरूलाई क्वा रन्टीनमा राख्ने तयारी गरिएको छ । उहाँहरुलाई नगरकोटमा बनाइएको छुट्टै क्वारेन्टाइनमा राखिने छ ।