सिन्धुलीमा लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

मंगलवार , मंसिर १, २०८३

सिन्धुली,०१ मंसिर  — सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । सामान्य विवादका क्रममा भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले ले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार राति(बिहान) करिब १ बजे ४२ वर्षीय मनोज कार्कीले आफ्नै ४० वर्षीया श्रीमती सानु कुमारी कार्कीको टाउकोमा ढुङ्गाको लोहोरो प्रहार गरेका थिए । गम्भीर चोट लागेपछि सानु कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे राति १ बजेर १५ मिनेटमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मनोज कार्कीलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको विस्तृत कारण तथा अन्य पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया