बिहिवार, आश्विन २९ गते २०८३

Thursday 15th October 2026

आजको राशिफल

आज २०८३ साल असोज २८ गते बुधबार यस्तो छ तपाईको राशिफल

बुधवार , आश्विन २८, २०८३

आज  बिस २०८३ असोज २८ गते बुधबार ईस २०२६ अक्टोबर १४ नेपाल सम्बत ११४६ कौलाथ्व चतुर्थी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष चतुर्थी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, आयुष्मान योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ०३ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ३८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज पारिवारिक मनमुटाव सम्पन्न हुनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा दिखावा गर्नबाट बच्नुहोस्। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। नोकरी वा पेशामा थप काम गर्नुपर्ला। 

♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):- आज व्यापार व्यवसायमा लाभ मिल्नेछ। अगाडि बनाएको योजनाहरू प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा यात्राबाट लाभ मिल्नेछ। नोकरी वा पेशामा अधिकारीहरूबाट प्रशंसा मिल्नेछ। 

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):-    आज कार्यक्षेत्रमा अकस्मिक लाभले मन प्रसन्न रहनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा पुरानो विवाद सुल्झिनेछ। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं। 

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):-  आज साझेदारी व्यापारमा नयाँ काम हात लागिपर्ला। जीवनसाथीको नोकरीमा पदोन्नति हुनेछ। विद्यार्थीहरूको कलात्मक क्षेत्रमा विकास हुनेछ। थप लगानी लगाउँदा जानकारको सल्लाह लिएर मात्र अगाडि बढ्नुहोस्। 

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):-    आज कार्यक्षेत्रमा लाभ मिल्नेछ। राजनीतिमा नेतृत्व गर्ने क्षमता बढ्नेछ। सामाजिक सञ्जालमा आफ्नो कुरा राम्ररी राख्न सक्नुहुनेछ। स्वास्थ्यलाई लिएर सचेत हुनुहोस्। 

♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):-     आज व्यापार व्यवसायमा गलत कुरामा विश्वास राख्दा हानि हुनसक्छ। विद्यार्थीहरुलाई पठनपाठनमा सफलता मिल्नेछ भने प्रतियोगी प्ररिक्षामा पनि सफलता मिल्नेछ।

♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):-  आज विश्वासपात्रबाट धोखा मिल्न सक्छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आफन्तहरूसँग रमाइलो भेटघाटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ।

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):-  आज  नयाँ नोकरीको खोजिमा सफलता मिल्नेछ। पारिवारिक खर्चमा वृद्धिले मन अशान्त रहनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। नयाँ पहिरनको अवसर मिल्नेछ। 

♐ धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):- आज सन्तानको स्वास्थ्यलाई लिएर मन चिन्तित रहनेछ। कार्यक्षेत्रमा श्रम अनुरूप सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन्। आर्थिक पक्ष सबल रहनेछ। 

♑ मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि):- आज नयाँ कामले गर्दा दिनचर्यामा बदलाव हुनसक्ला। साहस र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्नेछ। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन्। 

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- आज मन अशान्त रहनेछ। कार्यक्षेत्रमा सोचे अनुसार कार्य नहोला। स्वास्थ्यलाई लिएर धन खर्च हुनेछ। आर्थिक कारोबारको लागि उपयुक्त समय पर्खिनुहोला। वैदेशिक रोजगारबाट अप्रिय सूचना मिल्न सक्छ। 

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):-  आज उच्च पदस्थ अधिकारीहरूको सहयोग र सरकारी वा प्रशासनिक मामलाहरूको लागि समयअनुकूल रहेको छ। नयाँ नोकरीलाई लिएर इन्टरभ्युको लागि दिन राम्रो रहेको छ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। 

🙏 राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्। “अवसर आफैं आउँदैन, सही समयमा सही कदम चाल्ने व्यक्तिले अवसर सिर्जना गर्छ।”
  शुभ दिन!

प्रतिक्रिया