आइतवार, आश्विन २५ गते २०८३

Sunday 11th October 2026

माइक्रोबसको ठक्करबाट ७८ वर्षीया महिला घाइते

बुधवार , आश्विन २१, २०८३

स्याङ्जा, २१ असोज स्याङ्जाको वालिङ नगरपालिका–१० पण्डितथोकस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबसको ठक्करबाट ७८ वर्षीया महिला घाइते भएकी छन्।

मंगलबार साँझ पैदल हिँडिरहेकी सुमित्रा पङ्गेनीलाई मोदीखोलाबाट वालिङतर्फ आउँदै गरेको बा ३ ख ८६२६ नम्बरको माइक्रोबसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार पङ्गेनी विपरीत दिशाबाट पैदल आइरहेका बेला माइक्रोबसले उनलाई ठक्कर दिएको हो।

दुर्घटनामा पङ्गेनीको टाउकोमा चोट लागेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते पङ्गेनीलाई उपचारका लागि सुरुमा गह्रौँ प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि उनलाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न माइक्रोबस र त्यसका चालकलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ। घटनाको कारण तथा थप विवरणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रतिक्रिया