शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

बुधवार , माघ १४, २०८२

सिन्धुली,१४ मंसिर – सिन्धुलीको दुधौली नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ । दुधौली नगरपालिका–१० स्थित खत्रीचोक नजिकैको भित्री सडकखण्डमा बुधबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार थोत्रीबाट मदन भण्डारी राजमार्गतर्फ आउँदै गरेको मधेश प्रदेश ०१–००५ प ५४२७ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई सडकमा पल्टिँदा चालक यज्ञबहादुर सुनुवार गम्भीर घाइते भएका थिए । करिब ३० वर्षका सुनुवारको निधार, मुख र अनुहारमा गहिरो चोट लागेको प्रहरीको भनाई छ ।

दुर्घटनाको जानकारी बिहान करिब ६ बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेको थियो । घाइते अवस्थामै रहेका सुनुवारलाई तत्काल उपचारका लागि नगर अस्पताल सिर्थौली पठाइएको थियो । अस्पताल पु¥याउँदा उनको अवस्था गम्भीर रहेको र थप उपचारको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तर उपचारकै क्रममा बिहान करिब ८ बजे अस्पतालमा गरिएको चिकित्सकीय परीक्षणपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया