शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

आइतवार , माघ ११, २०८२

सिन्धुली ,११ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली क्षेत्र नं २ बाट ‘मुढा’ चुनाव चिन्हमा स्वतन्त्र उम्मेदवारी दिएका पुराना स्थापित कम्युनिस्ट नेता एवम् जनयुद्धका एक हस्ती महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्न थालेको छ ।

सिन्धुली जिल्लाका मात्र नभई देशका बिभिन्न जिल्ला र क्षेत्रमा रहेका शुभचिन्तकहरुले अग्रज जनपक्षीय पत्रकार एवम् संघर्ष र त्यागका प्रतिक दाहाललाई बिजयको अग्रिम शुभकामना दिँदै आर्थिक सहयोग गर्न पनि अपिल गरेका छन् ।

गोरखाका एक शुभचिन्तक अमृतराज उपाध्यायले आर्थिक सहयोग गर्दै सामाजिक सञ्जालमा लेखेकाछन , “न्यायको खातिर क्रान्ति योद्धालाई सकेको आर्थिक सहयोग गरौँ, दुःखको साथ नै जीवनको साथ हो ।” उनले लेखेकाछन, “न्याय, सत्य र जनताको पक्षमा दृढताकासाथ उभिनु नैं आजको ऐतिहासिक आवश्यकता हो । त्यसैले सम्पूर्ण शुभचिन्तक साथीहरुलाई जनताको आवाज बलियो बनाउन र न्यायको पक्षमा एकताबद्ध भएर उभिन हार्दिक अपिल गर्दछु ।”

महेश्वर दाहाल भन्छन, “अमूल्य सहयोग गर्नुहुने सबै साथीहरुलाई धन्यवाद छ, सहयोग गर्ने क्रम जारी नै छ । थुप्रै साथीहरुले गरेको सहयोग सार्वजनिक गर्नुभएको छैन । केही साथीहरुले गरेको सहयोग सार्वजनिक गर्ने आँट गर्नुभएको छ । सिन्धुलीको यो स्वाभिमानको लडाईँमा तपाईँहरुको ऐक्यबद्धताप्रति आभार प्रकट गर्दछौँ ।”

प्रतिक्रिया