सिन्धुली,०८ माघ – आगामी फागुण २१ गते हुने प्रतिनिधीसभा निर्वाचनमा सिन्धुली–२ मा ठुला दल र स्वतन्त्र उम्मेद्वार बीच कडा चुनाबी प्रतिसप्रर्धा हुने आकलन गरिएको छ । यसपटकको निर्वाचनमा सिन्धुली क्षेत्र नं.२ मा १ लाख ४ हजार ६ सय २८ मतदाताले मतदानमा भाग लिन पाउने छन ।
अघिल्लो प्रतिनिधीसभा निर्वाचन २०७९ मा ठुला दुई दल नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) बीच गठबन्धन हुँदा क्षेत्र नं.२ माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ले बिजय प्राप्त गरेका थिए । तर यसपटक सबै दलहरु एकल चुनाबी मैदानमा रहेको र नयाँ दल र स्वतन्त्र उम्मेदवारहरुको समेत उपस्थिती रहेकाले चुनाबी प्रतिसप्रर्धा बिगत भन्दा भिन्न् हुने देखिएको छ ।
चुनाबमा ठुुला दलहरू नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीमा ठुलो मत बिभाजन हुनेगरी बागि उम्मेदवारी दर्ता भएको छ । फाल्गुण २१ सम्म हालकै परिस्थिती कायम रहे नेकपा(एमाले)का मनोजजंग थापा र उनकै सहयात्री स्वतन्त्र(वागी) उम्मेदवार महेश्वर दाहाल र नेपाली काँग्रेसकी सुशिला थिङ बीच चुनाबी प्रतिस्प्रर्धा हुने देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष् गजुरेल लगायत साना र स्वतन्त्र उम्मेदवारले मत काट्दा ठुला भनिएका काँग्रेस र नेकपा नै कमजोर हुने देखिन्छ । रास्वपाका गजुरेल नेता हरिबोल गजुरेलका भतिजो हुन भने माओवादीबाट बिभाजित प्रगतिशिल लोकतान्त्रीक पार्टीका उम्मेदवार पनि पुर्व माओवादी नै हुन । उनिहरूले नेकपाकै मत बिभाजन गर्ने देखिन्छ ।
बिगतको परिस्थिती हेर्दा निर्वाचन क्षेन नं.२ मा पुर्व माओवादीहरुको पक्कड क्षेत्रको रुपमा रहेको र आधिकारीक उम्मेदवारमा चित्त नबुझ्दा बागी उम्मेदवारलाई समेत बिजयी गराउने क्षमता राख्न सक्ने शक्ति उनीहरुको देखिन्छ ।
बिगत २०६४ को निर्वाचनमा पनि लिलामणि पोखरेलको बिरुद्ध बागी उम्मेदवार निरु दर्लामीले बिजय प्राप्त गरेकी थिईन । निक्कै निष्ठावान नेताको रुपमा स्थापित आर्दशवान नेता महेश्वर दाहाललाई जिल्ला तह देखी केन्द्रीय नेतृत्व हरिबोल गजुरेलको समेत दरिलो साथ रहेको छ । गजुरेल त्यसै क्षेत्रबाट २ पटक चुनाब जितेका नेता समेत हुन ।
अघिल्लो २०७९ को निर्वाचनमा गठबन्धन हुँदा एकल चुनाब लड्दा २१६८७ मत प्राप्त गरेका एमालेका मनोजजंग थापा, काँग्रेसकी नेतृ सुशिला थिङ र स्वतन्त्र उम्मेदवार महेश्वर दाहाल बीच त्रिपक्षिय भिडन्त हुने अनुमान देखिन्छ । नेकपाका दाहाल पुराना माओवादी पृष्ठभुमीका पार्टीहरूको उम्मेदवारी बलियो बागिको रूपमा स्वतन्त्र उम्मेदवारीका कारण यसपटक नेकपाका उमेदवार निक्कै कमजोर देखिएका छन । यस्तो पृष्ठभूमिमा मत विभाजन, बागी उम्मेदवारी र नयाँ राजनीतिक शक्तिको उदयले सिन्धुली–२ को चुनावी परिणाम अन्तिम क्षणसम्म खुला रहने देखिएको छ ।