काठमाडौँ,२९ साउन – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको राजनीतिक टकराव थप चर्किएको छ । बिहिवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले ‘हावादारी गफ’ दिएर देशलाई बर्बाद गरेको आरोप लगाउनुभएको छ ।
प्रचण्डले प्रधानमन्त्री ओलीले वास्तविकतालाई बेवास्ता गरी ‘धरातल छोडेर’ कुरा गरेकोमा आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “गफ दिँदा जे बोले पनि हुन्छ । तर, यथार्थ धरातलमा के छ भन्ने कुरा सबै जनतालाई थाहा छ ।” प्रचण्डले प्रधानमन्त्रीका यस्ता गैरजिम्मेवारपूर्ण भनाइहरूले देशको समग्र विकास र प्रगतिमा नकारात्मक असर पारेको दाबी गर्नुभयो ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले प्रचण्कोे आलोचना गर्दै त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशाला निर्माण कार्यलाई लिएर व्यंग्य गर्नुभएको थियो । यस विषयमा प्रचण्डलेले कडा जवाफ फकाउनुर्भएको छ । उहाँले भन्नुभयो, “टीयू मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठीक छ।” प्रचण्डले आफूले सदनमा उठाएका विषयहरू सत्यमा आधारित रहेको र प्रधानमन्त्रीले त्यसलाई ‘मात्रै इस्यु’ बनाएको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चहरूमा टीयू क्रिकेट रंगशालाको निर्माण कार्यलाई लिएर दाहालमाथि कटाक्ष गर्दै आउनुभएको थियो । ओलीको भन्नुभएको थियो, “प्रचण्डले आफ्नो कार्यकालमा क्रिकेट रंगशालाको विकासमा ध्यान नदिएको र त्यसको जिम्मा आफूले लिएपछि मात्र काम अगाडि बढेको थियो ।” यसको जवाफमा प्रचण्डले प्रधानमन्त्रीले अनावश्यक रूपमा यस विषयलाई राजनीतिकरण गरेको र आफूमाथि व्यक्तिगत रूपमा उत्रेको आरोप लगाउनुभएको छ ।
नेपाली राजनीतिमा शीर्ष नेताहरूबीचको यस्तो वाकयुद्ध नयाँ होइन । तर, वर्तमान परिस्थितिमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीचको यो टकरावले सरकार र प्रतिपक्षबीचको सम्बन्धलाई थप तिक्त बनाएको छ । यसले आगामी दिनमा संसदको कामकाज र राजनीतिक स्थिरतामा पनि असर पार्न सक्ने सम्भावना रहेको छ ।