शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

एमालेमा वरिष्ठ उपाध्यक्ष नरहने, पदाधिकारी घटाउने प्रस्ताव

बिहिवार , श्रावण १, २०८२

काठमाडौं,१ साउन – नेकपा (एमाले)मा वरिष्ठ उपाध्यक्षको पद नराख्ने र पदाधिकारीको संख्या घटाउने प्रस्ताव गरिएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्तावको खाका पेश गर्नुभएको हो । जसमा ११ सदस्यीय पदाधिकारीको प्रस्ताव गरिएको छ । एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, पाँच सचिव रहने प्रस्ताव गरिएको हो ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट एक अध्यक्ष, वरिष्ठसहित सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव सात सचिव गरी १९ सदस्यीय पदाधिकारी चयन गरिएको थियो । एमालेको विधान महाधिवेशन आगामी भदौ २०–२२ मा हुँदैछ । त्यसअघि साउन २ गते पोलिट्ब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

प्रतिक्रिया