शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमाढीमा इभिले ठक्कर दिदाँ पैदलयात्री गम्भिर घाइते

आइतवार , आषाढ १, २०८२

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्कमा विद्युतीय सवारी (इभी)ले ठक्कर दिँदा एक पैदलयात्री गम्भीर घाइते भएका छन् । इभि गाडिको ठक्करबाट मकवानपुर छतिवन गाउँपालिका–८ का ३५ वर्षिय लक्ष्मण थिङ गम्भिर घाइते भएका हुन् । उहाँको सिन्धुली अस्पतालमा उपचारपछि थप उपचारको लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ । थिङको दुवै खुट्टा, दुवै कुहिना, टाउको र हातगोडामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

बा.प्र.०२–००१ ज ४४७ नम्बरको इभी गाडी चालक कमलामाई नगरपालिका–११ भिरगाउँका २१ वर्षीय सरोज खत्रीले धुनको लागि कमलामाई नगरपालिका–८ बेसारेका २० वर्षीय सुरेन्द्र बम्जनलाई दिएका थिए । गाडि धुएर निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको थियो । चालक खत्री र गाडि धुने बम्जनलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया