शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो

मंगलवार , जेठ २८, २०८२

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकामा बेवासिरे अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । दुधौली नगरपालिका ९ दुधौली बजार स्थित हनुमान मन्दिर परिसरमा भित्र मंगलबार मृत अवस्थामा फेला परेको पुरुषको पहिचान खुलेको हो ।

स्थानीयले प्रहरीलाई वेवासिरे शव रहेको जानकारी गराएका थिए । घटनास्थलमा तत्काल प्रहरी टोली परिचालन गरि अनुसन्धान गरिएको प्रहरीले बताएको छ । मृतक पुरुष दुधौली नगरपालिका ९ का ६४ वर्षीय किसुन कुमर रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतक पुरुष मानसिक अवस्था सन्तुलन ठिक नभएको र जेष्ठ १८ गतेबाट घर परीवारमा कोही कसैलाई जानकारी नगराई हिडेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया