शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुली उद्योग वाणिज्य संघद्वारा नागरिक उपचार कोष स्थापना

सोमवार , जेठ २७, २०८२

सिन्धुली,– सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीले ५७ औं स्थापना दिवसका अवसरमा विपन्न नागरिक उपचार कोष स्थापनाको घेषणा गरेको छ । जिल्लाका विपन्न नागरीकलाई सहयोग पुग्ने गरि उक्त कोष स्थापना गरिएको उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जनाकारी दिनुभयो ।

विपन्न नागरिक उपचार कोष सञ्चालन कार्यविधि २०८२ सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष सतिसचन्द्र ढकाललाई हस्तान्तरण गरिएको छ । एक करोडको कोष स्थापना गर्ने लक्ष्य सहित उक्त कोषको स्थापना गरिएको र रकम संकलन कार्य भई रहेको सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रोष्ठले बताउनुभयो ।

विपन्न नागरिक उपचार कोषमा ३ लाख ९६ हजार ६ सय ७१ रुपैयाँ सहयोग घोषणा भएको छ । कोषमा प्रतिनिधी सभा सदस्य दाहालले ५१ हजार रुपैयाँ, स्वर्गिय मिन बहादुर श्रेष्ठको स्मृतिमा उहाँको परिवार बाट एक लाख एक हजार, स्वर्गिय पूर्व सह–कोषाध्यक्ष किरण कुमार श्रेष्ठको स्मृतिमा उहाँको परिवार बाट १५ हजार ५ सय ५ रुपैयाँ, संघका सल्लाहकार अशोक राजभण्डारी बाट ५ हजार रुपैयाँ सहयोग रकम घोषणा भएको संघका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

त्यस्तै कमलामाई नगरपालिका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेल बाट २५ हजार ५ सय ५५ रुपैयाँ, संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले ५० हजार रुपैयाँ, संघका बरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठले ५० हजार रुपैयाँ, संघका महासचिव बासु प्रसाद भेटुवालले २५ हजार रुपैयाँ, संघका कोषाध्यक्ष विष्णु कुमार श्रेष्ठले २५ हजार, संघका आजिवन कार्यसमिति सदस्य दिगम्बर चौधरीले ११ हजार १ सय ११ रुपैयाँ घोषणा गर्नुभएको छ ।

यस्तै सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष सतिश चन्द्र ढकालले १० हजार, पत्रकार द्धारिका काफ्लेले २ हजार ५ सय र पूर्व कार्यसमिति महिला सचिव विमला कुमारी काफ्लेले २५ हजार रुपैयाँ कोषलाई सहयोग गर्ने घोषणा गर्नुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया