शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा लागू औषधसहित युवक पक्राउ

सोमवार , जेठ २७, २०८२

सिन्धुली – सिन्धुलीमा प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार लागू औषध राख्ने, सेवन गर्ने र वितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा लागू औषध राख्ने, सेवन गर्ने र वितरण गर्ने कार्य संलग्न कमलामाई नगरपालिका–८, हात्तीसारका १९ वर्षीय चन्द्र बहादुर तामाङलाई पक्राउ गरेको इलाका  प्रहरी कार्यालय भिमान  सिन्धुलीले जनाएको छ ।

आइतबार ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक भीम बहादुर कटुवालको कमाण्डमा खटिएको टोलीले तामाङको घरमा खानतलासी गर्दा, उनी सुत्ने कोठाको ओछ्यानमुनि लुकाई राखिएको अवस्थामा लागू औषध ट्रामाडोल ७४ चक्की फेला पारेको थियो । तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया