शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा पोखरीमा डुबेर बालिकाको मुत्यु

शुक्रवार , जेठ २४, २०८२

सिन्धुली – सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नं.०३ बनौली बस्ने एक बालिकको पोखरीमा डुबेर मृत्यु भएको छ । प्रकाश राईको छोरी बर्ष अन्दाजी ९ बर्षकी प्रतिमा राई आफ्नो घरदेखि २०० मिटर उतर तर्फ रहेको तिनकुना खोला नजिकमा सिचाईको लागि बनाईएको पोखरीमा पौडी जाँदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज अन्दाजी ११ः०० बजेको समयमा प्रकाश राईको छोरी बर्ष ९ कि प्रतिमा राई, निजकै छोरा बर्ष ७ को प्रमेश राई, निजकै छोरी बर्ष ४ कि प्रर्मिला राई मिलि(भाई बहिनि डिलमा बसी हेरी रहेको) आफ्नो घरदेखि २०० मिटर उतर तर्फ रहेको तिनकुना खोला नजिकमा सिचाईको लागि बनाईएको पोखरीमा निज बर्ष ९ कि प्रतिमा राई पौडी खेल्ने क्रममा डुबी रहेको अवस्थामा निजकै बुबाले देखि उपचारको लागि मकवानपुर बाग्मती गाउँपालिका स्थित सान्भी मेडिकलमा लगि उपचार गर्दा आज११ः२० बजेको समयमा डाक्टरले मुत्यू घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया