शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

एक दिनको वृक्षारोपणले मात्रै पुग्दैनः कमलामाईका मेयर पोखरेल

बिहिवार , जेठ २३, २०८२

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले एक दिनको वृक्षारोपणले वातावरण संरक्षण सम्भव नहुने बताउनुभएको छ । विहिबार वातावरण दिवस २०२५ को अवसरमा श्री कमला जनज्योति माध्यमिक विद्यालय सिलामेमा आयोजित बृक्षारोपण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

मेयर पोखरेलले एक दिनको वृक्षारोपणले वातावरण संरक्षण सम्भव नभएको बताउँदै दीर्घकालीन र नियमित प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले वातावरण दिवसमा मात्र औपचारिक रुपमा वृक्षारोपण गरिने चलनप्रति पनि ध्यानाकर्षण गराउनुभयो । “हामी वातावरण दिवसमा मात्र बिरुवा रोप्छौं, तर त्यसपछि हेरचाह हुँदैन। यसले दीर्घकालीन असर पु¥याउँदैन। अब हामीले निरन्तरता दिने संस्कृति विकास गर्नुपर्छ ।” उहाँले भन्नुभयो । उहाँले यस्तो कार्यक्रममा सम्पूणको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । सोहि कार्यक्रमलाई सम्बोधन गर्नुहुदै डिभिज वन कार्यालय सिन्धुलीका प्रमुख राम कुमार भण्डारीले वातावरणीय सन्तुलनमा प्लाष्टिकको नकारात्मक प्रभावबारे चेतना जगाउँदै मानव जीवनमा यसको असर गम्भीर रहेको बताउनुभयो । “प्लाष्टिक वातावरणको मात्र होइन, मानव स्वास्थ्यको पनि शत्रु हो,” उहाँले भन्नुभयो। साथै, उहाँले हरेक व्यक्तिले कम्तीमा एउटा बिरुवा रोप्ने र हुर्काउने संकल्प लिनुपर्ने बताउनुभयो ।

डिभिजन वन कार्यालय सिन्धुलीको आयोजना कमलामाई नगरपालिका र श्री कमला जनज्योति माध्यमिक विद्यालय सिलामेको सहकार्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा श्री कमला जनज्योति माध्यमिक विद्यालय सिलामे परिसरमा विभिन्न विरुवा रोपिएको थियो । कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको प्रमुख आथित्यता र डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख राम कुमार भण्डारीको अध्यक्षमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदि, ससस्त्र प्रहरी, उद्योग वाणिज्य संघ लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया