शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुली प्रहरी हिरासतमा रहेको थुनुवाको मुद्वा मिलाई दिन्छु भनी ठगी

बुधवार , जेठ २२, २०८२

सिन्धुली – सिन्धुली प्रहरीमा लागुऔषधको मुद्धामा पक्राउ परेका थुनुवाको मुद्वा मिलाई दिन्छु ठगि गरेको बाहिरिएको छ । लागुऔषधको मुद्धामा पक्राउ परेका एन्जल ओली र सुनिल लामालाई हिरासतबाट छुटाइदिन्छु र मुद्धा समेत मिलाइने भन्दै रकम असुली गरेको तथ्य बाहिरिएको हो ।

इलाका प्रहरी कार्यालय भिमानमा अनुसन्धानको क्रममा हिरासतमा रहेको उक्त व्यक्तिका परिवारसँग १ लाख २० हजार रकम असुली गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक लालध्वज सुवेदीले बताउनुभयो । उहाँका अनुसार अपरिचित व्यक्तिले मुद्धा मिलाउने र थुनुवा निकालिदिने भन्दै रकम लिएका हुन् ।

ठगि गर्ने व्यक्तिले हिरासतमा रहेका ब्यक्तिको मुद्दा मिलाई प्रहरी हिरासतबाट छुटाई दिन्छु भनी थुनुवाका परिवार र आफन्तलाई फोन गरेर इकाल प्रहरी कार्यालय भिमान समेत पठाएको बताइएको छ । इलाका प्रहरी कार्यालय भिमानमा उक्त परिवार आफ्नो मान्छेलाई लिन आएपछि ठगि भएको घटना बाहिरिएको हो । ठगि गर्ने व्यक्तिको अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक सुवेदीले बताउनुभयो ।

 

प्रतिक्रिया