शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

गोकुल बाँस्कोटाले अस्वीकार गरे ‘झोले’ बन्न

मंगलवार , जेठ २१, २०८२

काठमाडौँ – सत्तारुढ नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीदेखि कार्यकर्तासम्म ‘म झोले हो’ अभियान चलिरहेका बेला पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले भने फरक मत राख्नुभएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली, महासचिव शंकर पोखरेलदेखि उपमहासचिव प्रदीप ज्ञवालीसम्मले सामाजिक सञ्जालमा ‘म झोले हो’ पोस्टरमा आफूलाई सजाइरहेका बेला पूर्वसञ्चारमन्त्री बाँस्कोटाले भने त्यस्तो तस्बिर नराखी आफू एमाले कार्यकर्ता भएको धारणा राख्नुभएको हो ।

साथै उहाँले यसलाई अन्य कुनै कुराले प्रमाणित गरिरहन नपर्ने ज्यामितीय सिद्धान्तको उदाहरण पनि दिनुभएको छ ।

उहाँले एक्स अकाउन्टमा लेख्नुभएको छ, “ज्यामितिमा स्वयमसिद्ध तथ्य हुन्छन्, त्यसलाई प्रमाणित गर्न पर्दैन। जस्तो कि दुई विन्दुलाई सरल रेखाबाट मात्र जोड्न सकिन्छ । त्रिभुजका आन्तरिक कोणको योगफल १८० डिग्री हुन्छ। राजनीतिमा पनि त्यही हो अर्थात् म एमाले कार्यकर्ता हुँ । त्यहाँ मेरो विश्वासको मात्र हैन, समाज नै बदल्ने क्रान्तिकारी सिद्धान्त छ ।”

प्रतिक्रिया