काठमाडौं ,१८ जेठ – राप्रपा नेपालका अध्यक्ष कमल थापासहित प्रहरी नियन्त्रणमा रहेका सातै जना थुनामुक्त गरिएको छ । ‘चर्को बोलेको’ आरोपमा पक्राउ पर्नु भएकाा दीपक सिंहलाई पनि थुनामुक्त गरिएको छ ।
थापा दिउँसो पक्राउ पर्नुभएको थियो । उहाँसँगै पक्राउ परेका छ जनालाइ थुनामुक्त गरिएको जनाइएको छ । तर डा. राजीब झाले भने मापसे गरेको पाइएको भन्दै हिरासतमै राखिएको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनका क्रममा थापाले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पूर्व गृहमन्त्रीसमेत रहनुभएका थापलाई ‘झ्याल्टुङच्याइँ’ बनाउँदै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि थापालाई ‘मापसे’ चेक गराएको थियो । “हामीले मापसे पनि चेक गराएका थियौँ, तर उहाँले मापसे गरेको पाइएन,” एक प्रहरी अधिकारीले भने ।