शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा

आइतवार , जेठ १९, २०८२

काठमाडौं, १८ जेठ – राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गर्नुभएको हो ।

सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको जिकिर गरेको छ । “सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,” सुवेदीले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

त्यस्तै, उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीहरूलाई विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।

आइतबार भएको आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायत पक्राउ पर्नु भएको थियो । उहाँहरूमाथि प्रहरीले दमन गरेको आरोप राजावादी समूहले लगाएको छ ।

“शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ ग¥यो त्यसको हामी निन्दा गर्दछौं,” सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया