सिन्धुली – सिन्धुलीमा अटो र मोटरसाइकले एकआपसमा ठक्कर खाई दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् । शनिवार दिउसो ४ः२० बजे मदनभण्डारी राजमार्ग अन्तरगत दुधौली नगरपालिका ९ खोरभञ्याङमा दुर्घटना भएको हो ।
बर्दिबासबाट सुनसरी तर्फ जादै गरेको ज ११ प २०५९ नम्बरको मोटरसाइकल र विपरीत स्थानबाट आउदै गरेको प्र २–०१–००१ ह १००६ नम्बरको अटो एकआपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जानकारी दिएको छ ।
दुर्घटनामा परि अटोमा सवार भारत जिल्ला मोटिहारीग्राम रामपुर का २७ बर्षीय अरुण पण्डित गम्भिर घाइते हुनुभएको छ । मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका ५ का २५ वर्षिय अनमोल लिम्बुको दुवै हात खुट्टा र छातीमा चोट लागेको छ , उहाँको अवस्था मध्यम रहेको । अटो चालक उदयपुर कटारी नगरपालिका– ४ कटारी बस्ने ५१ बर्षीय नेत्र बहादुर सुनुवारको दुवै खुट्टा अनुहार र शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर( बोल्न नसक्ने) उहाँहरु तिनजनालाई दुधौली नगर अस्पताल सिर्थौली उपचार पछि थप उपचारका लागि धरान घोपा अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
अटोमा सवारहरु धनुषा नगराईन नगरपालिका ५ का ३५ वर्षकी अनिता देवी शाहको दाया खुट्टामा चोट लागेको छ , उहाँको अवस्था सामान्य रहेको । शाहको छोरा १२ वर्षिय अभिमन्यु शाह दुवै हात र बाया गालामा चोट लागेको । महोत्तरी मठियानी नगरपालिका ४ का २५ वर्षिय संगिता कुमारी शाहको टाउकोमा चोट लागेको । उदयपुर कटारी न.पा ४ कटरी बस्ने वर्ष अ. २२ की प्रियंका पण्डितको दुवै खुट्टा र मुखमा चोट अवस्था सामान्य रहेको र मोटरसाइकल पछाडी सवार सुनसरी रामधुनी नगरपालिका ५ का २७ वर्षिय सागर राईको अनुहार ढाड र हातमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको । उहाँहरुकोे दुधौली नगर अस्पताल सिर्थौली उपचार भई रहेको छ प्रहरीको भनाई छ । अटो र मोटरसाइकल नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।