शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा ट्याक्टरबाट लडेर बालिकाको मृत्यु

शुक्रवार , जेठ १७, २०८२

सिन्धुली – सिन्धुलीमामा ट्याक्टरबाट लडेर एक बालिकाकोको मृत्यु भएको छ । दुधौली नगरपालिका– २ गागन हत्पतेडांडा जाने भित्री सडकखण्डमा हत्पते दुधौली नगरपालिका– २ बस्ने सन्त बरई मगरको छोरी अंन्दाजी ११ बर्षकी रुपमिना बरई मगर अचानक ट्याक्टरबाट खसी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बिहिवार ११ः०० बजे गागनबाट हत्पतेडाडा तर्फ बालुवा लिई जादै गरेको दुधौली नगरपालिका –१ बस्ने १८ बर्षीय अर्जुन न्यौपानेले चलाएको प्र.२–०३–००१ त ३१६० नम्बरको ट्याक्टरबाट अचानक खसी घाईते भई बिहिवार ११ः२० बजे उपचारको लागि दुधौली नगर अस्पताल सिर्थौली लगिएकामा उपचारको क्रममा बिहिवार ११ः३५ बजेको समयमा नगर अस्पतालका डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई । ट्याक्टर र ट्याकटर चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया