सिन्धुली – सिन्धुलीमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनपाटन गाउँपालिका ११ भोक्टेनीक ६१ वर्षीया भुई माया तामाङ गर रहनुभएको प्रहरीले जनाएको छ ।
मंगलवार बिहान ६ बजे घर नजिकैको बढरको रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यसैबिच कमलामाई नगरपालिका.२ निबुवाटारबाट घ्याङ्लेख गाउँपालिका वडा नं. १ सिम्ले तिर्फ जाँदै गरेको सोही ठाउ बस्ने १६ को सुनिल भोलनले चलाएको बा.प्रदेश २६ प ६९४ नं.को मोटरसाइकलले घ्याङ्लेख गाउँपालिका वडा नं. १ सिम्ले बस्ने ५७ बर्षीया पुर्ण कुमारी देवकोटालाई ठक्कर दिदां निजको कम्मर,बाँया खुट्टा र गालामा चोट लागि घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ ।
घाइतेको सिन्धुली अस्पतालमा उपचार भईरहेको घाईतेको अवस्था मध्यम रहेको र मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।