सिन्धुली – सिन्धुलीमा आज दिउसो ४ः १५ बजे भएको कार दुर्घटनामा ४ जना घाइते भएका छन् । बिपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका वडा नं. ६ घुमाउरो चैनपुर नजिक भएको कार दुर्घटनामा चार जना घाईते भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीबाट काठमाडौँतर्फ जादै गरेको प्र.२–०२–००१ च ०६२५ नं. को कार आफै अनियन्त्रित भई सडकबाट अं. १३३ फिट तल खसी दुर्घटना घाईते भएको हो ।
दुर्घटनामा परि चितवन भरतपुर महानगरपालिका वडा नं. ३ बस्ने बर्ष २७ को भिमराज भट्टराई , टाँउको र बाँया हातमा चोट (अवस्था बोल्न नसक्ने) । धादिङ निलकण्ठ न.पा. वडा नं. १ घर भई हाल कलंकी तिनथाना बस्ने बर्ष अं. २५ की सृजना गुरुङको बाँया घुडा र छातीमा चोट (अवस्था बोल्न नसक्ने) ।
चितवन भरतपुर म.न.पा. वडा नं. १६ बस्ने बर्ष अं.३८ को दिपक थापा (चालक) टाँउको र बाँया हातमा सामान्य चोट (अवस्था मध्यम) । भोजपुर भोजपुर न.पा. वडा नं. ४ बस्ने बर्ष ३८ की सशिकला प्रधानको बाहिरी चोट नदेखिएको (अवस्था सामान्य) रहेको जिल्ला प्रहरीकार्यालय सिन्धुलीले जनाएको छ ।
घाईतेहरुमध्ये २ जनालाइ आत्मिय सामुदायिक अस्पताल खाल्टे र २ जना घाईतेहरुलाई खुर्कोट स्थित सुनकोशी सामुदायिक अस्पतालतर्फ पठाएको प्रहरीले जनाएको छ ।