काभ्रे – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, नार्केस्थित बीपी राजमार्गमा बिहानी करिब ६ बजे एक पिकअप गाडी अनियन्त्रित भइ दुर्घटनामा परेको छ । सिराहाबाट काठमाडौँतर्फ आँप ढुवानी गर्दै गरेको को २ च २०५३ नम्बरको पिकअप गाडी ब्रेक फेल भएर बीच सडकमै उल्टो अवस्थामा पुगेको हो ।
घटनापछि इलाका प्रहरी कार्यालय मंगलटार र स्थानीयको सहयोगमा गाडीलाई सुरक्षित स्थानमा सारिएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको काभ्रे प्रहरीले जनाएको छ ।