शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

डिन सिन्धुलीले सिजालीलाई गर्‍यो आर्थिक सहयोग

सोमवार , जेठ १३, २०८२

सिन्धुली –डिप्लोमा इन्जिनियर एशोसिएसन नेपाल (डिन) जिल्ला कार्य समिति सिन्धुलीले अस्पतालमा उपचारत तेजबहादुर सिजालीलाई आर्थिक सहयोग गरेको छ । आइतबार डिनले आफ्नो ४५औं स्थापना दिवसको अवसरमा सडक दुर्घटनामा परेका तेजबहादुर सिजालीको उपचारका ३१ हजार बढी रकम सहयोग गरेका हुन् । विगत १५ महिनादेखि सिन्धुली अस्पतालमा उपचाररत तेजबहादुर सिजालीलाई ३१ हजार छ सय ४६ रुपैयाँ सहयोग हस्तान्तरण गरेको डिनका अध्यक्ष मिन विक्रम थापाले बताउनुभयो । उहाँका अनुसार सहयोग रकम सिन्धुली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष सतिश ढकालमार्फत पिडित सिजालीलाई हस्तान्तरण गरिएको हो ।

अध्यक्ष थापाले स्थापना दिवसको अवसरमा समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै संस्थाले सहयोग अभियानलाई निरन्तरता दिने बताउनुभयो । “सामाजिक सेवामा डिनको भूमिका थप सशक्त बनाउने उद्देश्यले यसपटक दुर्घटनामा परेका सिजालीलाई सघाइएको हो,” उहाँले भन्नुभयो । सहयोग प्राप्त गरेका तेजबहादुर सिजालीका परिवारले डिनप्रति आभार व्यक्त गर्दै यो सहयोगले उपचारमा केही राहत मिलेको प्रतिक्रिया दिएका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा डिनका अध्यक्ष मीन विक्रम थापा, पूर्व केन्दीय सदस्य चित्र बहादुर लुङेली, बाग्मती प्रदेश उपाध्यक्ष ओमराज श्रेष्ठ, सह–सचिव समीर कैशिल तथा जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष सतीश ढकालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया