सिन्धुली – सिन्धुलीमा युवा र संचार क्षेत्रसँगको समन्वय तथा अन्तरक्रिया कार्याक्रम सम्पन्न भएको छ । ह्याडस नेपाल सिन्धुली र प्लान इन्टनेशनल नेपालको साझेदारीमा संचालित युवा संलग्नताद्धारा स्थानिय तहको जवाफदेहिता अभिबृद्धि परियोजना अन्र्तगत आइतबार जिल्लाको कमलामाई नगरपालिका ४ का अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा युवाहरुले आफ्नो टोल तथा विद्यालयका समस्या समाधानका लागि आवाज उठाइरहेको बताएका छन् । उनीहरुले संचारमाध्यमको सहयोगमा समस्याहरु समाधान गर्न सहज हुने बताएका थिए ।
कार्यक्रममा युवा संलग्नताद्धारा स्थानिय तहको जवाफदेहिता अभिबृद्धि परियोजनामा स्वयमसेवकको रुपममा काम गर्ने युवाहरुको सहभागिता रहेको थियो ।
ह्याडस नेपाल सिन्धुलीका अध्यक्ष बासु अधिकारीले युवाको सक्रियता र सञ्चार माध्यमबीचको सहकार्यले स्थानीय तहलाई थप जवाफदेही बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयोे, “युवाहरूको आवाज संचारमार्फत नीति निर्माण तहसम्म पुर्याउन यस्ता अन्तरक्रिया उपयोगी छन् ।”