शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा घरको बरण्डाबाट लडेर महिलाको मृत्यु

शनिवार , जेठ ११, २०८२

सिन्धुली - सिन्धुलीमा घरको बरण्डाबाट लडेर महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका ६ छापडांडाका ४५ वर्षिय दिलमायाँ वाइबाको घरको बरण्डाबाट लडेर मृत्यु भएको हो । शनिबार साझँ ५;४०बजे प्रहरीलाई घरको बरण्डाबाट खसेर महिलाको मृत्यु भएको टोलिफोन मार्फत जानकारी आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता सुर्य प्रकाश सुवेदिले जानकारी दिनुभयो ।

मृतक महिला प्रेसरको विराम भई औषधी खाने गरेको भन्ने जानकारी आएको उहाँले बताउनुभयो । उहाँका अनुसार थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरिक्षक बसन्त बहादुर भुजेलको कमाण्डमा प्रहरी टोली घटनास्थलमा गएका छन् । थप विवरण आउन बाकिँ रहेको छ ।

प्रतिक्रिया