सिन्धुली – रामेछाप नगरपालिका–९ का ५१ वर्षीय प्रेम बहादुर भुजेल सुनकोशी नदीमा माछा मार्न गएका बेला बेपत्ता भएको पाँच दिनपछि उनको शव आज फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, मिति २०८२ साल जेठ ४ गते दिउँसो करिब २ः१५ बजे भुजेल सुनकोशी नदीमा माछा मार्न जानुभएको थियो । सोही दिनदेखि उहाँ बेपत्ता हुनुहुन्थ्यो ।
आज बिहान करिब १०ः३० बजे सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित वलेनीघाटको सुनकोशी नदी किनारमा एक अज्ञात शव फेला परेको सूचना स्थानियवासीमार्फत इलाका प्रहरी कार्यालय खुर्कोटलाई प्राप्त भएको थियो । सूचना पाउनासाथ प्रहरी निरीक्षक बसन्त बहादुर भुजेलको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थल पुग्दा शव प्रेम बहादुर भुजेलकै भएको भनी पारिवारिले पुष्टि गरेका छ्न । हाल घटनासम्बन्धी प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।