शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

तिनपाटनमा स्कुल भ्यान दुर्घटनाः १७ जना विद्यार्थी घाइते

बिहिवार , बैशाख २५, २०८२

सिन्धुलीको तिनपाटन गाउँपालिकामा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना भएको छ । तिनपाटन गाउँपालिका २ स्थित भिमस्थानमा स्कुल भ्यान दुर्घटना हुदाँ १७ जना घाइते भएका हुन् । गैरिसंखर बोडिङ्ग स्कुलको ना १ झ ६३०२ नम्बरको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुदाँ १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक लालध्वज सुवेदिले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते मध्ये ६ जना विद्यार्थीको अवस्था मध्यम छ । उनीहरुलाई उपचारको लागि सिन्धुली अस्पताल ल्याउँदै गरेको उहाँले जानकारी दिनुभयो । बाकिँ अन्य सामान्य घाइते भएको उहाँले जानकारी दिनुभयो । भ्यानमा २५ जना सवार रहेका थिए । भ्यान आफै अनियन्त्रीत भइ दुर्घटना भएको हो । थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक सुवेदीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया