शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

ग्वाङखोलामा डुबेर बालकको मृत्यु

बुधवार , बैशाख २४, २०८२

सिन्धुलीको कमलामाई नगरपालिका ५ ग्वाङखोला दोभानको खड्कुलेदहमा डुबेर एक बालकको मृत्यु भएको । गोलन्जोर गाउँपालिका ७ खुर्कोट घर भइ हाल कमलामाई नगरपालिका ७ बुद्धनगरचोक स्थित मामाको घरमा बस्ने १६ वर्षिय प्रतिक देवकोटाको मृत्यु भएको हो । सिद्धबाबा बोडिङ स्कुलमा कक्षा ९ मा अध्यरत देवकोटा बुधबार साथीहरुसंग पौडी खेल्न ग्वाङखोलाको दोभानमा गएका थिए । पौडि खेल्ने क्रममा दहमा डुबेर घाइते भएको देवकोटाको सिन्धुली अस्पतालमा उपचारको क्रममा मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

प्रतिक्रिया