काठमाडौँ, १८ वैशाख ः राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपपरिषदमा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उहाँलाई आज राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गर्नु भएको थियो । गर्बुजा नेपाली काँग्रेस म्याग्दीका सभापति समेत हुनुहुन्छ । उहाँ म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।