सिन्धुली – सिन्धुली कारागारमा रहेका आश्रित बालबालिकालाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । लेखा दिवस २०८२ को अवसरमा सिन्धुली कारागारमा कैदिबन्दी जीवन विताई रहेका कैदि बन्दीहरूसँग बस्दै आएका ९ जना आश्रति बालबालिकाहरूलाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरिएको लेखा समूहका सचिव सचिव डिल्ली सौगात घिमिरेले जानकारी दिनुभयो ।
बालबालिकालाई प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्मा, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले सामाग्री प्रदान गर्नुभएको थियो । बालबालिकालाई खाजा समेत प्रदान गरिएको थियो ।
यसैबिच लेखा समूह सिन्धुलीले स्थापना दिवसको अवसरमा कारागार कार्यालय परिसरमा वृक्षारोपण गरेको छ । लेखा समूह सिन्धुलीका अध्यक्ष पदम बहादुर मगरको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माको प्रमुख आतिथ्यताका साथै प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले, कारागार कार्यालय सिन्धुलीका कार्यालय प्रमुख वालकृष्ण कटुवाल, करदाता सेवा कार्यालय सिन्धुलीका कार्यालय प्रमुख मनोज कुमार न्यौपाने लगायत लेखा समूह सिन्धुली पदाधिकारी, सदस्य तथा कारागार कार्यालय सिन्धुलीका कर्मचारीहरूले वृक्षारोपण कार्यक्रममा सहभागी जनाएका थिए ।