शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बिरामी दाइलाई सघाउने भन्दै दुधौलीका मेयरले बलात्कार गरेको आरोप

सोमवार , बैशाख १५, २०८२

सिन्धु्ली – सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध जबर्जस्ती करणीको जाहेरी परेको छ । आफू १७ वर्षको हुँदा बिरामी दाइको उपचारमा सघाउने प्रलोभनमा पारेर मदिरा सेवन गराई बलात्कार गरेको भन्दै एक किशोरीले प्रहरीमा जाहेरी दिएकी छिन् । गत वर्ष वैशाखमा मेयर अधिकारीले बलात्कार गरी आफू गर्भवती भई बच्चासमेत जन्मिएको भन्दै किशोरीले ११ वैशाखमा प्रहरीमा जाहेरी दिएकी हुन् ।

दुधौलीकै एक क्याफेसहितको गेस्ट हाउसमा आफूलाई जर्बजस्ती गरिएको उनको आरोप छ । उनले गत फागुनमै बच्चासमेत जन्माएकी छिन् । मेयर अधिकारी गत २०७९ को स्थानीय चुनावमा माओवादी केन्द्रको तर्फबाट दुधौली नगरपालिकाको मेयरमा निर्वाचित हुनु भएको थियो । जिल्ला प्रहरीले जाहेरीपछि किशोरीको स्वास्थ्य जाँच गराई आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गाबिन्दराज काफ्लेले जाहेरीमाथि अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले आवश्यक परे मेयर अधिकारीलाई प्रहरीले पक्राउ गर्ने बताउनुभयो ।

आरोपित मेयर अधिकारी भने मोबाइल स्विच अफ गरी सम्पर्कविहीन हुनु भएको छ । दुधौलीका उपमेयर चन्द्रकिशोर थारूले मेयर अधिकारी नगरपालिकाको कार्यालय नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ कार्यालय आउनु भएको छैन । मोबाइल पनि अफ छ, सम्पर्कमा हुनुहुन्न ।” अधिकारीविरुद्ध बलात्कार कसुरमा जाहेरी परेको आफूले पनि सुनेको उहाँले बताउनुभयो ।

जाहेरीमा यस्तो लेखिएको छ ?

१८ वर्षीया किशोरी ‘सिन्धुली १८’ले आफू वेटरका रूपमा काम गर्दै आएको क्याफे एन्ड गेस्ट हाउसको पहिलो तलाको कोठामा गत वर्ष वैशाखको तेस्रो वा चौथो साता राति १०–११ बजे आफूमाथि बलात्कार भएको आरोप लगाएकी छिन् ।

बुवा र आमाले दोस्रो विवाह गरेपछि मामाघरकी हजुरआमासँग बस्दै आएकी किशोरी आर्थिक अवस्थाका कारण आठ कक्षा उत्तीर्ण भएपछि पढाइ छाडेकी थिइन् । त्यसपछि उनले दुधौलीको एउटा क्याफे एन्ड गेस्ट हाउसमा वेटरको काम थालिन् । उनलाई मासिक ८ हजार तलब दिने र गेस्ट हाउसकै एउटा कोठामा बस्ने सुविधा थियो । उनका दाइ मानसिक बिरामी छन् । उनैलाई सहयोग जुटाउन आग्रह गरेपछि प्रलोभनमा पारेर बलात्कार गरिएको उनको आरोप छ ।

“मैले बिहान ८ देखि राति १० बजेसम्म काम गर्थें र गेस्ट हाउसकै एक कोठामा सुत्ने गरेकी थिएँ,” उनले जाहेरीमा भनेकी छिन्, “उसलाई (मेयर) गेस्ट हाउसमै भेटेँ । ऊ ठूलो मान्छे हो भन्ने थाहा पाएकाले मेरो दाइलाई केही सहयोग गर्नुहुन्छ कि भनी समस्या सुनाएँ । उसले ’हुन्छ म सक्ने सहयोग गर्छु’ भन्यो । एक दिन ’तिमीलाई पैसा चाहिएको रहेछ, मसँग बस, अनि म तिमीलाई सहयोग गर्छु’ भन्यो । २०८१ साल वैशाख महिनाको तेस्रो चौथो हप्ता (गते यकिन भएन)मा पहिलोपटक दिनको करिब १२ बजे सोही गेस्ट हाउसमा उसले मसँग यौनसम्पर्क राख्यो ।”

उनले सोही रात मेयर अधिकारीले पुनः बलात्कार गरेको आरोप लगाएकी छिन् । उनका अनुसार, साँझ गेस्ट हाउसमा पार्टी चलिरहेको थियो । उनी वेटरको काम गरिरहेकी थिइन् । रातिको करिब १०–११ बजेतिर उनी गेस्ट हाउसको कोठामा गइन् । कोठामा एउटा वेड र अट्याच वाथरुम थियो ।

“म कोठामा पुगेपछि प्रतिवादीले मलाई ढोका बन्द गर्न लगायो । ऊ पूरै कपडा खोलेर टावेल कम्मरमा बाँधेर पलङमा बसिरहेको थियो । म गएपछि कोठामा बियर खोलेर मलाई खान दियो । अनि, कपडा खोलिदियो, अनि दुईपटक बलात्कार ग¥यो,” उनले जाहेरीमा भनेकी छिन्, “बिहान ५ बजेतिर निज प्रतिवादी उठेर अबदेखि मलाई देखे पनि नदेखेजस्तै गर्नू, तिमी गर्भ नबस्ने औषधि किनेर खाऊ भनेर ३५ हजार रुपैयाँ दिएर गयो ।”

एक सातापछि औषधि खाए पनि महिनावारी रोकिएको र गर्भपतन गर्न खोज्दाखोज्दै बच्चा ठूलो भएकाले काठमाडौंको प्रसूतिगृहमा गत फागुनमा बच्चालाई जन्म दिएको उनले जाहेरीमा उल्लेख गरेकी छिन ।

मेयर अधिकारीले आफूलाई पटकपटक जबर्जस्ती करणीजस्तो जघन्य अपराध गरी मलाई गर्भवती बनाई हाल बालकको जन्मसमेत भइसकेकाले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ विपरीतको कार्य गरेको हुँदा सोही दफाको उपदफा ३ ‘घ’ अनुसार सजायको माग गरेकी छिन् । साथै, अन्तरिम र पूर्णकालीन क्षतिपूर्तिसमेत दिलाई भराई पाऊँ भनी सिन्धुली १८ ले प्रहरीमा जाहेरी दिएकी छन् ।

फूलाई जर्बजस्ती गरिएको उनको आरोप छ । उनले गत फागुनमै बच्चासमेत जन्माएकी छिन् । मेयर अधिकारी गत २०७९ को स्थानीय चुनावमा माओवादी केन्द्रको तर्फबाट दुधौली नगरपालिकाको मेयरमा निर्वाचित हुनु भएको थियो । जिल्ला प्रहरीले जाहेरीपछि किशोरीको स्वास्थ्य जाँच गराई आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गाबिन्दराज काफ्लेले जाहेरीमाथि अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले आवश्यक परे मेयर अधिकारीलाई प्रहरीले पक्राउ गर्ने बताउनुभयो ।

प्रतिक्रिया