ओखलढुंगा — कमलामाई नगरपालिका–५ रानीखोलमा चट्याङ लागेर एक जना घाइते भएका छन् । आइतवार राती ११ः ४० बजे घरमा मोवाइल चार्जमा राखी सुत्ने क्रममा अचानक चट्याङ परी घाइते भएका हुन् ।
कमलामाई नगरपालिका–५ रानीखोला का १९ को विकास नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइतेको सिन्धुली अस्पताल ल्याइ उपचार भैरहेको, टाउकोमा चोट, अवस्था सामान्य रहेको र उपचार पश्चात डिस्चार्ज भएको प्रहरीको भनाई छ ।