शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

‘दिनरात बालकोट धाउनेले ओलीलाई गाली गर्ने ?’

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले ठूला कुरा गर्नेको औकात थाहा पाउन रास्वपा सभापतिलाई गृहमन्त्रालय दिलाइदिएको बताउनभएको छ । सरकारमा छँदा रातदिन बालकोट धाउने लामिछानेले अहिले केपी ओलीलाई आलोचना गर्न नमिल्ने उहाँले बताउनुभयो ।

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै पोखरेलले विगतमा गरेको गुन बिर्सेर रास्वपाले एमालेको आलोचना गरिरहेको टिप्पणी गर्नुभएको हो ।

“केपी ओली प्रधानमन्त्री हुनुभन्दा पहिले स्वतन्त्रका लागि केपी अपरिहार्य थियो, दिनरात बालकोट धाएका थिए । रास्वपा पार्टीले जे मन्त्रालय चाहन्छ दिने भनेर निर्णय गराइयो,” पोखरेलले भन्नुभयो, “ठूला कुरा गर्नेलाई काम गर्न दिएपछि औकात थाहा हुन्छ भनेर त्यही दिलाइदिएको हो । गृह, शिक्षा, श्रम मन्त्रालय दिलायौं । आफूहरू सरकारबाट हटेपछि अहिले केपी ओली नेतृत्वको सरकारले देश र जनताको विपक्षमा के ग¥यो र आलोचना गर्छन् ?”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई चुनावपछि प्रधानमन्त्री दिने पार्टी पनि एमाले नै रहेको पोखरेलले स्मरण गर्नुभयो । “चुनावपछि प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाइदिएका थियौं, काँग्रेससँग खटपट परेपछि हामीले नै फेरि समर्थन गरेका थियौं,” पोखरेलले भन्नुभयो, “अहिले केपी ओली प्रधानमन्त्री भएपछि सरकारले के नराम्रो ग¥यो ? असफल र बदनाम भयो भन्नलाई ?”

प्रतिक्रिया