शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन

बिहिवार , बैशाख ११, २०८२

काठमाडौँ, ११ वैशाख– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग पूरा गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

साथै उहाँले आफ्नो पार्टीका सांसदलाई निजामती सेवा ऐनलगायत विधेयक सदनबाट पारित गराउन सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी संसदीय दलको आज भएको बैठकमा उहाँले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग आफ्नो संवाद भइरहेको सुनाउँदै सरकारलाई पनि समस्या समाधानतर्फ लाग्न सुझाउनुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू संसदबाट पारित गराउन सबै सांसद सक्रिय हुनुपर्नेमा जोड दिनुभएको थियो ।

‘तराई–मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेको र त्यसले संगठनलाई अझ मजबुत बनाएको बताउनुभयो ।

बैठकमा पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे छलफल भएको थियो ।

प्रतिक्रिया