शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

मिसन ०८४ मा हेरौँला, एमालेबिनाको नेपाल हुन्छ कि के बिनाको : ओली

मंगलवार , बैशाख ९, २०८२

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिनाको नेपाल बनाएर देखाउन चुनौती दिनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्द उहाँले यस्तो चुनौति दिनुभएको हो ।

चारैतिरबाट एमाले र आफूमाथि हमला भइरहेको बताउँदै उहाँले केपी ओलीबिनाको एमाले र एमाले बिनाको नेपाल खोज्नेहरूलाई मिसन ०८४ मा हेर्न चेतावनी दिनुभयो । उहाँले नेकपा एमाले पार्टीको लागि राम्रो गर्नेहरु भएको भए आफूले सरक्क नेतृत्व छोडिदिने पनि बताउनुभयो । मिसन ०८४ मा एमालेबिनाको नेपाल हुन्छ कि के बिनाको नेपाल हुन्छ हेर्न चुनौती दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजनीति हिजोको जस्तो मात्रै छैन । आजको अन्तर्राष्ट्रिय नीति हेर्ने हो भने, ग्लोवल अर्डर हर्ने हो भने त्यसले देखाउँछ त्यहाँ एउटा सिद्धान्त, नीतिको कुरा, विचारको कुरा वा आइडोलोजिकल हिसावले पोलिसी निर्माण गर्ने त्यो अवस्था होइन की कमाइको प्रतिष्पर्धामा दुनियाँ लागेको छ । कमाई थिति, विधि भन्दा ठूलो कुरा हो भनेर लागेको छ । यो विकासक्रमको गतिको नियम हो । यस्ता उत्तारचढावहरु आउँछन् । यस्ता झड्काहरु आउँछन् । यस्तैबाट क्लस स्ट्रगल मजबुत हुँदै जान्छ । दुनियाँले यत्रो हमला गरेको बेला साथीहरुलाई आश्चर्य लाग्दैन । दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला ? केपी ओली बिनाको एमाले । तिनको मनशाय राम्रो भए त म सरक्क छोड्दिहाल्थेँ, नि । हाम्रै देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ? तसर्थ केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल चाहियो रे उनीहरुलाई । मिसन ०८४ मा हेरौँला । एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ । हामी चुनौतिका साथ भन्छौँ ।”

प्रधानमन्त्री ओलीले अहिलेको राजनीति विगतको जस्तो नरहेको भन्दै आजको अन्तर्राष्ट्रिय नीति आइडोलोजिकल हिसाबले पोलिसी निर्माण गर्नेतिर नभएर कमाइको प्रतिष्पर्धामा दुनियाँ लागेको बताउनुभयो ।

प्रतिक्रिया