शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा अवैध कपडा प्रहरीको नियन्त्रणमा

मंगलवार , बैशाख ९, २०८२

 

सिन्धुली – सिन्धुलीमा प्रहरीले अवैध कपडा नियन्त्रणमा लिएको छ । आइतबार इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी गस्ती टोलीले विल नभएको कपडा बरामद गरेको हो ।

मरिण गाउँपालिका–६ छाप स्थितमा सर्लाही परवानीपुर हुँदै मरिण छापतर्फ आउँदै गरेको ना ५ ख ५२२४ नम्बरको बस शंका लागि चेकजाँच गर्दा विल नभएको साढे ४ लाख बढीको कपडा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

उक्त गाडीमा बिलमा उल्लेख भएको भन्दा फरक सुतीको साडी २ सय १७ पिस १ लाख ७५ हजारको बरामद गरेको छ । यस्तै, २ लाख २५ हजारको १ सय ५२ पिस कुर्ता सरुवाल, १ हजार पाँच सयको ५ पिस सरुवाल, ३ हजार ६ सयको १८ पिस पेटिकोट बरामद भएको प्रहरीले जानकारी दिएको छ । १० हजारको १० पिस चोलो, १५ हजारको ७ पिस थान कपडा, १५ हजारकै ९ पिस लेङ्गा ९ पिस र ५ हजारको ४ पिस वनारसी बरामद भएको प्रहरीले जानकारी दिएको छ । बरामद भएको कपडा आवस्यक कारवाहीको लागी राज्श्वअनुसन्धान कार्यालय, पथलैया, बार पठाईएको छ ।

प्रतिक्रिया