शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

मोबाइल लुट्ने सिन्धुलीका सुनुवार सहित तीन जना पक्राउ

सोमवार , बैशाख ८, २०८२

काठमाडौँ – काठमाडौँमा ट्याक्सी रोकी मोबाइल लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका १ घर भइ काठमाडौँ ३२ जडिबुटी बस्ने १८ वर्षीय नवराज सुनुवार, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका (सिर्सिया) घर भइ बुढानिलकण्ठ १० बस्ने १८ वर्षीय राजनिष्ट यादव र रौतहटको गरुडा नगरपालिका २ घर भइ काठमाडौँ १० कपन बस्ने २७ वर्षीय सुरेश ठाकुर रहेका छन् ।

उनीहरूले बैशाख ५ गते बिहानको पौने ४ बजेतिर काठमाडौँ ३ बसुन्धारामा एक ट्याक्सी चालकको मोबाइल लुटेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मोटरसाइकलमा आएका उनीहरूले चितवन घर भइ काठमाडौँ ट्याक्सी चलाउँदै आएका प्रेम तामाङको मोबाइ लुटेका थिए। उनीहरूले अन्य व्यक्तिको पनि मोबाइल लुटपाट गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया