सिन्धुली–सिन्धुलीमा पर्यटन, साँस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टीभल २०८२ हुने भएको छ । ब्रदर हुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीको आयोजनामा ११ दिन सम्म सिन्धुलीमाढीमा फुड फेस्टीभल हुने भएको हो । शनिबार ब्रदर हुड इभेन्ट एण्ड इन्टरन्मेन्ट सिन्धुलीले पत्रकार सम्मेलनको आयोजना गरेर फुड फेस्टिभल हुने जानकारी दिएको हो । फेस्टिभलले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्दै सिन्धुलीको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने ब्रदर हुड इन्टरटेन्मेन्ट सिन्धुलीका म्यानेजिङ डाइरेक्टर अश्विन जंग थापाले बताउनुभयो । मनोरन्जन क्षेत्रलाई विषेश प्राथमिकतामा राखेर फेस्टिभलको आयोजना हुने उहाँले बताउनुभयो । उहाँका अनुसार फुड फेस्टिभल सिन्धुलीमाढी खुल्लामन्चमा यहि बैशाख ११ गते देखि सुरु हुने छ । २१ गते सम्म संचालन हुने फेस्टिभलमा दैनिक स्थानिय साथै राष्ट्रिय कलाकारको प्रस्तुती रहने थापाले बताउनुभयो । जिल्लाको उहाँका अनुसार फेस्टिभलमा पहिचान झल्काउने स्थानिय उत्पादनलाई विशेष प्राथमिकता दिइने छ । साथै नेपाली परिका देखि अन्र्तराष्ट्रिय खाना स्टल, स्थानिय गन्तव्यको प्रचार तथा जानकारीमूलक प्रदर्शनी, बालबालिकाको लागि खेल र अन्य रमाइला गतिविधिहरु हुनेछन् । जिल्लामा पर्यटन प्रर्वद्धन गर्ने उदेश्य अनुसार फेस्टिभल आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । फेस्टिभल अवधिभर सुरक्षा व्यवस्था, सरसफाई, स्वास्थ्यकक्ष र ट्राफिक व्यवस्थापन लगाएत सबै पक्षमा समुचित तयारी गरिएका पत्रकारसम्मेलन मार्फत जानकारी गराइएको छ । सांस्कृतिक कार्यक्रम लोक नृत्य र संगीतले स्थानीय सांस्कृतिक पहिचानको संरक्षणमा योगदान पु¥याउँने थापाले बताउनुभयो ।
फेस्टिवलमा प्रवेश शुल्क ८० रुपैयाँ लाग्ने, स्थानीय पासको लागि ३ सय रुपैयाँ लाग्ने, अपांगता भएका ब्यक्ति तथा बालबालिका र ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश र बिद्यार्थीहरुलाई छुटको ब्यवस्था गरिएको उहाँको भनाई छ । ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुली २०७५ सालमा दर्ता भई सिन्धुली जिल्लामा मनोरञ्जनको क्षेत्रमा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।