शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा दैनिक सवारी दुर्घटनाः नौं महिनामा २५ जनाको मृत्यु

शनिवार , चैत्र २९, २०८१

सिन्धुली – सिन्धुलीमा पछिल्लो दिन दैनिक सवारी दुर्घटना हुने गरेको छ । तीन वटा राजमार्गले छोएको जिल्लामा दैनिक सवारी दुर्घटना भइरहेको हो । शुक्रबार विपी राजमार्ग अन्र्तगत सिन्धुलीमा हायस आफै अनियन्त्रिच भइ दुर्घटना भएको छ । विपि राजमार्ग अन्र्तगत जिल्लाको सुनकोशि गाउँपालिका ५ मुल्कोटमा अनियन्त्रीत भइ हायस दुर्घटना हुदाँ १३ जना घाइते भएका छन् । बिराटनगरबाट काठमाडौँ जादै गरेको बा ४ ख ६३५६ नम्बरको हायस सडकको मोडमा ब्रेक नलागेर बायाँ किनारमा ठक्कर खाइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । हायसमा १३ जना सवार रहेका थिए । १३ जना मध्ये ५ जना सामान्य घाइते भएका छन् । ८ जनाको आत्मिय सामुदायिक अस्पतालमा उपचारका लागि पठाएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै सोहि दिन जिल्लाको कमलामाई नगरपालिका ९ भिमान मोटरसाइकल दुर्र्घटना भएको छ । भिमान बजारबाट दुधौली तर्फ जादै गरेको दुधौली नगरपालिका ५ का ५४ वर्षिय हेमराज कुमर दनुवारले चलाएको प्रदेश १–०५–००१ प ६१२९ नम्बरको मोटरसाइकल र सोहि दिशातर्फ जादै गरेको नाम थर वतन नखुलेको ना ३९ प ७९१८ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाइकल पछाडि सवार दुधौली नगरपालिका ५ की ८० वर्षिय सिता दनुवार घाइते भएका छन् । घाइते दनुवारको आर एण्ड के पोलिक्लिनिकमा उपचार भइरहको छ । ना ३९ प ७९१८ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । फरार मोटरसाइकल चालकको प्रहरीले खोजि गरिरहेको बताएको छ ।

सवारी दुर्घटनामा २५ जनाको मृत्यु

सिन्धुलीमा नौँ महिनाको अवधिमा २५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार गत साउन देखि हाल सम्म जिल्लाको विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा परि २५ जनाको मृत्यु भएको हो । सोहि अवघिमा ८४ जना गम्भिर घाइते भएका छन् भने २८४ जना सामन्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । नौँ १४६ वटा सवारी दुर्घटना भएका छन् । राजमार्गमा ट्राफिक प्रहरीको उपस्थिति कम हुने र चालकले पनि लापरवाही तरिकाले सवारी चलाउँदा दुर्घटना निम्तिने गरेको स्थानियले बताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी निरीक्षक ईश्वर थापाले धेरै राजमार्गले छोएको सिन्धुली भएकाले सवारी दुर्घटना बढेको बताउनुभयो । उहाँले राजमार्गमा लापरवाही तरिकाले सवारीसधान चलाउने हुँदा बढी दुर्घटना हुने गरेको बताउनुभयो । सडक साँघुरा र ठुलो मोडको कारण पनि सडक दुर्घटना बढी हुने गरेको छ । बढ्दो सवारी दुर्घटनामा चालक बढी दोषी देखिएको छ । दुर्घटनाको अर्को कारण तिब्र गति देखिएको छ । ओभरटक र सवारी साधनमा आएको खरावीसँगै याात्रुको गल्ती पनि दुर्घटनाको अर्को मुख्य कारण हो । सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी चालक, बटुवा र विद्यार्थीलाई भेला गरेर समय–समयमा ट्राफिक सचेतना कार्यक्रम चलाउँदै आएको र बेला–बेलामा निःशुल्क स्वास्थय शिविर सञ्चालन गरेर सवारी चालकहरुको स्वास्थ्य परिक्षणसमेत गरिँदै आएको निरिक्षक थापाले बताउनुभयो ।

प्रतिक्रिया