शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

एमाले सिन्धुलीले जागरण सभा गर्ने

शनिवार , चैत्र १५, २०८१

सिन्धुली– राजावादीहरुको अराजकता बढेपछि नेकपा एमाले सिन्धुलीले आगामी चैत्र १८ गते सिन्धुलीमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरणसभा गर्ने भएको छ । एमाले सिन्धुलीको शुक्रवार बसेको पदाधिकारी बैठकले मूलुकमा अस्थिरता र अराजकता मच्चाउने राजावादीहरुको गतिविधीलाई परास्त गर्ने उदेश्यले सो जागरणसभाको आयोजना गरिएको एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिनुभयो ।

सिन्धुलीको तीन स्थानबाट जुलुसहरु निकाल्ने कार्यक्रम तय भएको छ । जस अनुसार माझीटार, लक्ष्मणचोक र धुरावजार शिरानलाई आर्क तोकिएको छ भने त्यसमा नेतृत्व गर्ने केन्द्रीय सदस्य र पदाधिकारीहरुलाई जिम्मेवारी दिइएको घिसिङले बताउनुभयो ।

जस अनुसार माझीटार चोकमा एमाले केन्द्रीय सदस्य सुवास देवकोटा, प्रदेश कमिटी सदस्य प्रलाद पोखरेल, डम्बर कार्की, डोरकुमारी कार्की र जिल्ला उपाध्यक्ष घिसिङ, लक्ष्मणचोकमा केन्द्रीय सदस्य गणेश पहाडी, प्रदेश कमिटी सदस्य प्रदीप कटुवाल र जिल्ला उपसचिव दिपेश वराल र धुरावजार शिरानमा कमलजंग राई, उमा कोइराला, निरु दर्लामी, प्रदेश कमिटी सदस्यहरु गणेश बुढाथोकी, गोविन्दलाल माझी र उपसचिव पार्वती भट्टराईले आर्कको नेतृत्व गर्ने बताइएको छ ।

नेकपा एमाले सिन्धुलीका इन्चार्ज एवम् केन्द्रीय सदस्य मनोजजंग थापाको प्रमुख आतिथ्यतामा बसेको बैठकले १८ गतेको कार्यक्रमलाई सफल बनाउन जिम्मेवारीसमेत वाडफाँड गरेको घिसिङले बताउनुभयो ।

बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशनमा सिन्धुलीका ९ वटै स्थानीय तहमा उपस्थित गराउन कोटासमेत तोकिएको छ । जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ र सचिव नवराज थिङद्धारा जारी निर्देशनमा चैत १७ गते कार्यक्रममा उपस्थित हुने नेता कार्यकर्ताहरुको नाम र ठेगाना उपलव्ध गराउनसमेत भनिएको छ ।

प्रचार विभाग प्रमुख घिसिङले कार्यक्रमलाई व्यबिस्थत ढंगले सञ्चालन गर्न स्वयमंसेवक पनि परिचालन गरिएको जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख वक्ता जिल्ला इज्चार्ज एवम् एमाले केन्द्रीय सदस्य मनोजजंग थापा रहनुहुने बताइएको छ ।

 

 

प्रतिक्रिया