शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

कुरियरको नाममा गैरकानुनि धन्दा, परे सिन्धुली प्रहरीको फन्दा

बिहिवार , चैत्र १३, २०८१

सिन्धुली– कुरियर सेवा भन्दै बिलबिजक नभएको सामान ओसारपसार गर्ने गाडीलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार राती ८ बजे कुरियर सामानहरु भित्र लुकाई छिपाई ल्याएको नक्कली गरहनासहितको सामन जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले बरामद गरेको हो ।

विपी राजमार्गको हिरापानी चेकपोष्टमा गाडी चेकजाँच गर्ने क्रममा १९ लाख ३३ हजार पाँच सय बराबरको अवैद्य सामान प्रहरी चौकी ढुंग्रेबासबाट खटिएको प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) अनिल कुमार खड्काले बताउनुभयो । बिराटनगरबाट काठमाडौँतर्फ जादैँ गरेको प्र.१–०१–००१ च ८६३९ नम्बरको कुरियर बोक्ने गाडीमा कुरियरका सामानहरु भित्र लुकाई छिपाई ल्याएको बिल बिजक नभएको समान बरामद गरिएको डिएसपी खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बिभिन्न नक्कली गरगहना, माला, लकेट, माला दाना, मोटर पार्टसका सामान लगायत तयारी तथा थानका कपडा बरामद गरिएको हो । बिलबिजक फेला नपरेपछि आवश्यक अनुसन्धान तथा कार्वाहिको लागि बरामद गरिएको सामान सहित गाडी र चालक समेतलाई बारा स्थित पथलैया राजश्व कार्यालयमा पठाइएको डिएसपि खड्काले बताउनुभयो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया