शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

आज कमलामाई नगरपालिकाले दिने नियमति सेवा बन्द हुने

बिहिवार , चैत्र १३, २०८१

सिन्धुली, – आज चैत १४ गते सिन्धुलीको कमलामाई नगरपालिकाको कामकाज बन्द हुने भएको छ । नगरपालिकाको २८ औँ स्थापना दिवसको अवसरमा आज नगरपालिका तथा मातहतका कार्यालय हरु र सामुदायिक बिद्यालयको नियमति कामकाज बन्द हुने भएको हो । नियमित कामकाज बन्द भएपनि आकस्मिक सेवा भने सुचारु हुने कमलामाई नगरपालिकाले जनाएको छ ।

वि.सं.२०५३ चैत १४ गते स्थापना भएको कमलामाई नगरपालिकाले २८ औँ स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु संचालन गर्ने भएको छ । स्थापना दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता, सरसफाई, भलिबल, चम्चा दौड, म्युजिकल चियर, विंगो खेल, हाडी फुटाउने खेल लगायतका कार्यक्रमहरु हुने नगरपालिकाले जनाएको छ ।

स्थापना दिवसको अवसरमा आज सार्वजनिक स्थलहरुमा सरसफाई गरिएको छ । सिन्धुलीमाढी स्थित खुल्लामन्च, अस्पताल रोड, स्टलबजार क्षेत्रमा सरसफाई गरिएको हो । नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, प्रमुख प्रशासकीय अधिृकत विनोद भट्टराई सहित जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थितीमा सरसफाई गरिएको छ ।

 

प्रतिक्रिया