शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनचाँदीको मूल्य बढ्यो

बुधवार , चैत्र १२, २०८१

काठमाडौं, १३चैत - नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने १० रुपैयाँ बढेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया